सम्मान खबर
मनाेरञ्जन समाचार सम्मान खबर विशेष

‘निरमाया ठूली’ मा सपुत, शिल्पा र करिश्माको प्रेमकथा

काठमाडौँ । प्रकाश सपुत, शिल्पा पोखरेल र करिश्मा ढकालको अभिनय रहेको म्युजिक भिडियो ‘निरमाया ठूली’ सार्वजनिक भएको छ । यसअघि हिटगीत ‘डाँडाघरे साइली’ ल्याएको टिमले नै यो गीत सार्वजनिक गरेको हो ।

भिडियोमा सपुत, शिल्पा र करिश्माको नृत्यको अलवा त्रिकोणत्मक प्रेमकथा देखाउन खोजिएको छ । स्वरुपराज आचार्य र लक्ष्मी मल्लको स्वर रहेको गीतमा कृष्ण केसीको शब्द, श्रीकृष्ण बम मल्लको संगीत छ ।

भिडियोको कोरियोग्राफी मौसम हिमालीले गरेका हुन् । नवराज उप्रेतीको छायाङ्कन, प्रविण भट्टको सम्पादन रहेको गीत तथा भिडियोले ‘डाँडाघरे साइली’ जस्तै दर्शकको मनछुने गायक गायिकाले अपेक्षा गरेका छन् ।

Related posts

अब कुनै पनि नागरिक पैसाको अभावमा उपचार नपाएर छटपटाउनु पर्दैनः स्वास्थ्यमन्त्री बस्नेत

samman khabar

भारी मतका साथ काठमाडौँ-४ मा गगन थापाको जित

Balika Shiwakoti

बालकुमारी घटनाको निष्पक्ष छानबिन गर्न प्रधानमन्त्रीको निर्देशन

samman khabar

Leave a Comment