सम्मान खबर
समाचार

निगमले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र नयाँदिल्ली उडान गर्ने

काठमाडौं । नेपाल वायुसेवा निगमले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र नयाँदिल्लीमा नियमित उडान गर्ने भएको छ । निगमले आगामी मंगलबारदेखि काठमाडौंलाई ट्रान्जिट बनाएर हङकङ र नयाँ दिल्लीमा नियमित उडान गर्ने घोषणा गरेको हो ।

भैरहवाबाट हरेक मंगलबार साताको एक उडानबाट सुरु गरी बजारको माग तथा निगमको वजार व्यवस्थापन अनुसार उडानको संख्या बढाउँदै लैजाने योजना रहेको निगमले जनाएको छ ।उडान तालिका अनुसार बिहान ८ः१५ मा भैरहवाबाट उडेको जहाज ९ बजे काठमाडौंमा अवतरण गर्नेछ । त्यसपछि ट्रान्जिट भइ हङकङ जाने उडानमा र दिल्ली जाने यात्रु दिल्ली जाने निगमकै कनेक्टिङ उडानमा चढ्ने छन् ।

Related posts

गोरखामा तीजको दर खाएका एउटै गाउँका एक सयभन्दा बढी व्यक्ति बिरामी

Balika Shiwakoti

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अध्ययन गर्न विज्ञ टोली गठन

Balika Shiwakoti

दलहरू बीच सहमति नजुट्दा दोलखामा मतगणनामा ढिलाई

samman khabar

Leave a Comment