सम्मान खबर
समाचार

नाउला खोलाले बगाएर रुकुम पश्चिममा दाजु बहिनीको मृत्यु

रुकुमपश्चिम । रुकुम पश्चिममा खोलाले बगाउँदा दुई बालबालिकाको मृत्यु भएको छ । मृत्युहुनेमा चौरजहारी नगरपालिका–६ घर्तीकाँडाका १० वर्षीय मनोज बुढाथोकी र ६ वर्षीया भावना बुढाथोकी रहेका छन् ।

मनोज र भावना एकै घरका दाजु बहिनी रहेका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए । आइतबार अपराह्न विद्यालयबाट घर फर्किने क्रममा नाउला खोलामा आएको बाढीले बगाउँदा उनीहरुको मृत्यु भएको उनले बताए ।

मनोजको एक सय ५० मिटर र भावनाको शव आठ सय मिटर तल फेला फरेको थियो । प्रहरीका अनुसार बाढी आएको बेला खोला तर्ने क्रममा दुई दाजुबहिनी बगेका हुन् । उनीहरू आधारभूत विद्यालय घर्तीकाँडामा कक्षा ३ र कक्षा १ मा पढ्थेँ । आइतबार रुकुम पश्चिममा दिउँसो हावाहुरीसँगै वर्षा भएको थियो ।

Related posts

कक्षा १२ को नतिजामा ‘नन ग्रेडेड’ लागू हुने

Balika Shiwakoti

एकीकरण अभियानपछि नेपालमा जनस्तरबाट गरिएको सबैभन्दा ठूलो त्याग र विद्रोह जनयुद्ध नै होः प्रधानमन्त्री

samman khabar

त्रिभुवन बिश्व विद्यालयमा “मेरो समय मेरो ल्याब “अभियान सुरु

Balika Shiwakoti

Leave a Comment