सम्मान खबर
गृह पृष्ठ समाचार स्थानीय समाचार

नाई संघले गर्‍यो चर्को मूल्यवृद्धिः कपाल काटेको २ सय, डेडलक गरेको २५ हजार !

काठमाडौँ । नेपाल नाई संघले काठमाडौं उपत्यकाभरका सैलुनहरूले दिने विभिन्न सेवाको शुल्क बढाएको छ । जसअनुसार अब सामान्य कपाल काटेको शुल्क २०० रूपैयाँ तिर्नुपर्ने भएको छ ।

यसअघि कपाल काटेको १५० रूपैयाँ शुल्क रहेकोमा एकैपटक ५० रूपैयाँ बढाइएको हो । यस्तै दारी काटेको पनि १५० देखि २०० पुर्‍याइएको छ । सूचीअनुसार सामान्यरूपमा दारी काटेको १२० र विशेषरूपमा काटेको २०० तिर्नुपर्ने छ । दारी डिजाइनिङ गर्दा १५० देखि २५० रूपैयाँ शुल्क तोकिएको छ ।

सूचीअनुसार सबैभन्दा महँगो मूल्य चाहिँ कपाल डेडलक गर्दा लाग्छ । यसका लागि १२ हजारदेखि २५ हजार रूपैयाँ लाग्ने सूचीमा उल्लेख छ । यस्तै, कपाल कर्ली गरेको ३५ सयदेखि ७ हजार रुपैयाँ तिर्नुपर्छ । टाउको मसाज गरेको चाहिँ २०० रूपैयाँ लिइनेछ ।

Related posts

राज्यका जिम्मेवार संयन्त्रले काम गरिरहेकाले सुन काण्डको अनुसन्धानका उच्चस्तरीय समिति आवश्यक छैन : गृहमन्त्री श्रेष्ठ

samman khabar

हुम्लामा खाद्यान्न समस्या, केरुङ नाका हुँदै चार हजार क्वीन्टल खाद्यान्न लगिँदै

samman khabar

सासु कुटेको आरोपमा दुई बुहारी पक्राउ

Balika Shiwakoti

Leave a Comment