सम्मान खबर
गृह पृष्ठ बागमती प्रदेश समाचार स्थानीय समाचार

नयाँबानेश्वर क्षेत्रको फुटपाथ अवलोकनमा मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नयाँबानेश्वर क्षेत्रको फुटपाथ अवलोकन गरेका छन् । यसअघि फुटपाथमा गरिएका व्यापार हटाएका उनले अवलोकन गरेका हुन् ।

स्थानीय घर धनी र व्यापारीहरुको सहयोग लिएर मेयर साहले फुटपाथको अवस्थाबारे अवलोकन गरेको नयाँबानेश्वर व्यापार व्यवसायी संघका अध्यक्ष नविन लुइँटेलले जानकारी दिए ।

मेयर शाहले अन्डरग्राउण्ड पार्किङमा पनि सटर राखेर गरिएका व्यापार समेत हटाउन निर्देशन दिएका छन् । मेर साहको निर्देशन अनुुसार अहिले महानगर प्रहरी र कर्मचारीहरुले काम गरिरहेका छन् ।

नयाँबानेश्वर व्यापार व्यवसायी संघका अध्यक्ष लुइँटेलका अनुसार बानेश्वर क्षेत्रमा करिब २२ वटा भवनमा अन्डरग्राउण्ड पार्किङको नक्सा पास गरेर संरचना बनाइएको छ ।

Related posts

ठमेलमा ‘न्यू इयर इभ’ सडक महोत्सव हुँदै,एक लाख ८० हजार पर्यटक आउने अपेक्षा

samman khabar

जसपाको आश्वासन- शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण, ‘एक घर, एक रोजगारी’

samman khabar

वर्तमान संविधान पूर्ण कार्यान्वयनमा जान्छ, कुनै शङ्का गर्न पर्दैनः सभापति देउवा

samman khabar

Leave a Comment