सम्मान खबर
कभर स्टाेरी गृह पृष्ठ बागमती प्रदेश समाचार सम्मान खबर विशेष

दोलखाको कालिञ्चोक गाउँपालिकाको बजेट प्रस्तुत शिक्षा, स्वास्थ्य र कृषिलाई विशेष प्राथमिकता

काठमाडौँ । दोलखाको कालिञ्चोक गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ७२ करोड ७३ लाख भन्दा बढी बजेट विनियोजन गरेको छ ।

गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९ ८० का लागि कुल ७२ करोड ७३ लाख ९१ हजार ७ सय १० रुपैँया बजेट विनियोजन गरेको हो । चालुतर्फ १० करोड ५८ लाख ८३ हजार र पुँजीगततर्फ २१ करोड बजेट विनियोजन गरिएको छ । संघ र प्रदेश सरकारबाट प्राप्त अनुदान सहित गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ७२ करोड बढी बजेट ल्याएको हो ।

कालिञ्चोक गाउँपालिकाका उपाधयक्ष कुल बहादुर बुढाथोकीले आगामी आर्थिक वर्ष २०७९ ८० को बजेट प्रस्तुत गरेको हुन् । कालिञ्चोक गाउँपालिकाले शिक्षा, स्वास्थ्य र कृषि तथा पशुपालनलाई विशेष प्राथमिकतामा राखेको गाउपालिका अध्यक्षअर्जुन प्रसाद शिवाकोटीले जानकारी दिएका छन् । आगामी आर्थिक वर्ष शिक्षामा सबैभन्दा बढी २ करोड ४८ लाख बजेट विनियोजन भएको छ भने सबैभन्दा कम बजेट संस्थागत विकासमा १२ लाख विनियोजन गरिएको छ ।

कृषि तथा पशुपालनमा १ करोड ६४ लाख, स्वास्थ्यतर्फ १ करोड ३४ लाख, युवा स्वरोजगार कार्यक्रममा ५० लाख तथा विपद व्यवस्थापनमा ३० लाख बजेट विनियोजन गरिएको छ । स्थानीय तहमा नयाँ जनप्रतिनिधि आएपछि पहिलो पटक बजेट सार्वजनिक भएको हो । बजेट सार्वजनिक कार्यक्रममा गाउँपालिकाका अध्यक्ष अर्जुन प्रसाद शिवाकोटी प्रमुख प्रशासकिय अधिकृत नवराज ओली लगायतको सहभागीता रहेको थियो ।

Related posts

‘हनी ट्रयाप’मा पारेको अभियोगमा दुई दम्पती पक्राउ

Balika Shiwakoti

९ महिना बितेको पत्तो नै पाइनँ, ९० प्रतिशत सफल भएँ : प्रेम आले

samman khabar

वायुसेवा निगमको उपाध्यक्षमा विक्रम राईलाई नियुक्त गर्ने सरकारको निर्णय

samman khabar

Leave a Comment