सम्मान खबर
गृह पृष्ठ राजनीती समाचार

त्रिविमा हंगामा, नेविसंघ र अनेरास्ववियुबीच कुटाकुट

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आयोजना गरेको पत्रकार सम्मेलन बिथोल्न खोज्दा विद्यार्थी र प्रहरीबीच झडप भएको छ । विश्वविद्यालय उपकुलपति धर्मकान्त बाँस्कोटाले पत्रकार सम्मेलनको आयोजना गरेका थिए । पत्रकारहरू सम्मेलनमार्फत उनले लामो समयदेखि तालाबन्दी भइरहेको र यसले समस्या पारेको बताएका थिए ।

भित्र उनले पत्रकार सम्मेलन आयोजना गर्दै गर्दा बाहिर भने नेविसंघले नाराबाजी गर्दै पत्रकार सम्मेलन बिथोल्ने प्रयास गरेको थियो । नाराबाजी गर्दै पत्रकार सम्मेलन बिथोल्न खोज्ने नेविसंघका नेता कार्यकर्तामाथि प्रहरीले बल प्रयोग गरेको थियो । त्रिवि प्राध्यापक प्रेम चलाउनेलाई मरणासन्न हुने गरी कुटपिट गर्ने योगेन्द्र रावलको टोलीले नाराबाजी गर्दै विरोध प्रदर्शन गरेको थियो । सोही क्रममा एमाले निकट अनेरास्ववियुले काउन्टर प्रदर्शन गरेको थियो । त्यही क्रममा दुई पक्षबीच झडप भएको हो ।

झडपको क्रममा नेविसंघ नेता भुवन जोशी, किशोर भण्डारी लगायत दर्जन बढी नेता÷कार्यकर्ता घाइते भएका छन् । भने केही प्रहरी समेत घाइते भएका छन् । नेविसंघले भने प्रदर्शन गर्दै हुबहु प्रश्न पत्र निकाल्नेमाथि छानबिन गर्न गठित समितिले दिएको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गर्दै आएको थियो । त्यही क्रममा विवाद हुँदै झडपको अवस्था सिर्जना भएको हो ।

नेविसंघले बाँस्कोटालाई बर्खास्त नगरुन्जेल सम्म अनिश्चितकालीन विश्वविद्यालय आमहड्ताल गर्ने चेतावनी दिएको छ ।

Related posts

नेपाल भ्रष्टाचार हुने मुलुकको सूचीमा १०८औँ स्थानमा

samman khabar

नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त

Balika Shiwakoti

नाबालिकालाई अपहरण गरेर जबर्जस्ती करणी गर्ने पक्राउ

Balika Shiwakoti

Leave a Comment