सम्मान खबर
गृह पृष्ठ समाचार सम्मान खबर विशेष

तिनपिप्ले घटना : टिप्पर धनीसहित ५ विरुद्ध ज्यान मुद्दा दर्ता

काठमाडौं । नेकाठमाडौँको तारकेश्वर नगरपालिका–३ स्थित तिनपिप्लेमा ज्यान गुमाएका २१ वर्षीय सविन फुँयालको ‘हत्या’ आरोपमा किटानी जाहेरी दर्ता गरिएको छ । टिप्पर धनी सहित ५ जना विरुद्ध ज्यान सम्बन्धी कसुरमा किटानी जाहेरी दर्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भरत बोहराले बताए ।

टिप्परको ठक्करबाट घाइते भएका सविनको मङ्सिर २५ मा राति मृत्यु भएको थियो । बा ५ ख ६७७९ नम्बरको टिप्परले ठक्कर दिए पनि उनलाई चालक, टिप्पर धनी र बालुवा डिपोका कामदार मिलेर हत्या गरेको पीडित पक्षले आरोप लगाएका छन् ।

हत्या आरोपमा प्रहरीले टिप्पर धनी विमल बलामी र चालक शिव बलामीलाई पक्राउ गरेको छ । शिव बलामीले आफूलाई आर्थिक प्रलोभन देखाएर दुर्घटना हुँदा टिप्पर चलाएको स्विकार्न बाध्य बनाएको प्रहरीलाई बयान दिएका छन् । दुर्घटना हुँदा टिप्पर धनी विमलले नै टिप्पर चलाएको खुलेको अनुसन्धानमा संलग्न प्रहरी वृत्त बालाजुका एक अधिकृतले बताए ।

शिवको सो बयानपछि मंगलबार बिहान प्रहरीले विमललाई पक्राउ गरेको थियो । विमलले शिवलाई आर्थिक प्रलोभन देखाएर दिएको साढे ३ लाखको चेक भेटिएको छ । मृतकका मामा श्याम गजुरेलले भने–‘सो चेक प्रहरीले बरामद गरेको छ ।’

Related posts

बाल उन्नति आ.विका विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण

samman khabar

श्रीकृष्ण जन्माष्टमी पर्वले आपसी सद्‍भाव कायम गर्नेछ: राष्ट्रपति पौडेल

samman khabar

प्रचण्डले आज हर्क साम्पाङसँगै धरानमा वृक्षरोपण गर्ने

Balika Shiwakoti

Leave a Comment