सम्मान खबर
समाचार

ढोरपाटनमा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु

बागलुङ । बागलुङको ढोरपाटनमा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बडिगाड गाउँपालिकाबाट ढोरपाटन नगरपालिकातर्फ जाँदै गरेको ध१ज ९९४ नम्बरको ट्याक्सी गएराति मध्यपहाडी लोकमार्गमा पर्ने ढोरपाटन–२ मलकटिबाङमा दुर्घटना भएको हो ।

दुर्घटनामा ट्याक्सीमा सवार बागलुङको ढोरपाटन नगरपालिका–२ पाखुटेका २८ वर्षीय होमबहादुर पुन र बडिगाड–६ छिसफाँटका ३२ वर्षीय अस्विन परियारको मृत्यु भएको प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए ।

ट्याक्सी सडकबाट एक सय मिटर तल खसेको थियो । दुवै जनाको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Related posts

एन्फा मा थापा परिवारको पुनः प्रवेश

Balika Shiwakoti

सन्दीपमाथि अनुसन्धान गर्न ४ दिनको म्याद थप

samman khabar

बकर इदले विश्व शान्ति र भाइचाराको सन्देश दिने राष्ट्रपतिको विश्वास

Balika Shiwakoti

Leave a Comment