सम्मान खबर
समाचार सम्मान खबर विशेष

ठमेलमा ‘न्यू इयर इभ’ सडक महोत्सव हुँदै,एक लाख ८० हजार पर्यटक आउने अपेक्षा

काठमाडौं । अङ्ग्रेजी नयाँ वर्ष सन् २०२४ लाई स्वागत गर्न काठमाण्डौको प्रमुख पर्यटकीय नगरी ठमेलमा सडक महोत्सव हुने भएको छ ।

शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ठमेल पर्यटन विकास परिषद्को आयोजनामा पुस १५ भोलि बेलुका ठमेलमा सडक महोत्सव हुने जानकारी गराइएको हो । यसले कोरोनाबाट असर पुगेको ठमेल क्षेत्रको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा छ ।परिषद्का अध्यक्ष भविश्वर शर्माले ठमेलको पर्यटन क्षेत्रको विकासका लागि ठमेलमा रहेको सञ्चयकोष अगाडिको मुख्य सडकमा ठमेल सडक महोत्सव आयोजना गर्न लागेको जानकारी दिए । ठमेल पर्यटन विकास परिषद्ले विगतका वर्षहरुमा झै यस वर्ष पनि नयाँ वर्ष २०२४ को पूर्वसन्ध्यामा सडक महोत्सव गर्न लागिएको जनाएको छ । परिषद्का अध्यक्ष शर्माले पुस १५ गते आइतवार साँझ साढे ५ बजे शुरु हुने जानकारी दिए ।‘ठमेलमा जाऔँ, ठमेलमै बसौँ, ठमेलमै घुमौँ, ठमेलमै रमाऔँ’ नाराकासाथ सडक महोत्सव तथा बृहत् सांस्कृतिक कार्यक्रम हुनेछ । ठमेलमा आयोजना हुन लागेको सडक महोत्सवमा एक लाख ८० हजार जनाको सहभागिता रहने परिषद्को अनुमान छ ।ठमेल सडक महोत्सवलाई सुरक्षित रुपमा सम्पन्न गर्न नेपाल प्रहरीसँग सुरक्षा व्यवस्थापन र ट्राफिक प्रहरीसँग ट्राफिक व्यवस्थापका बारेमा छलफल भइसकेको अध्यक्ष शर्माले जानकारी दिनुभयो । विगतको तुलनामा यसवर्ष ठमेलभित्रका हरेक चोकमा सीसी क्यामरा जडान गरिएकाले ढुक्क भएर ठमेलमा घुम्न र मनोरञ्जन लिन परिषद्ले सबैलाई आग्रह गरेको छ ।सडक महोत्सव सम्पन्न गर्न २२ लाख रुपैयाँको हाराहारीमा खर्च हुने परिषद्का अध्यक्ष शर्माले बताए । नेपाल आएका पर्यटकमध्ये झण्डै ८० प्रतिशत पर्यटक ठमेल घुम्न आउने गरेको परिषद्ले जनाएको छ । ठमेलभित्र झण्डै दुई हजार व्यवसायी तथा घरधनी रहेका छन् ।ठमेल पर्यटन विकास परिषद्का महासचिव राजीव पाण्डेले ठमेल क्षेत्रलाई २४सै घण्टा सञ्चालन गर्ने वातावरण निर्माणका लागि परिषद्ले विभिन्न निकायसँग छलफल गरिरहेको बताए ।

Related posts

प्लास्टिकका फूलमाला आयात, २ महिनामा बाहिरियो ९२ लाख १८ हजार रुपैयाँ

samman khabar

दुबै सदनको अधिवेशन माघ २२ गते बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस

samman khabar

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई औषधि उत्पादनका लागि पहलकदमी लिन प्रधानमन्त्रीको आग्रह

samman khabar

Leave a Comment