सम्मान खबर
खेलकुद

टी-२० विश्वकप छनोटका लागि १५ सदस्यीय नेपाली टोली घोषणा,सन्दीपले पनि खेल्ने

काठमाडौं । टी–२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिताका लागि नेपाली क्रिकेट टोली घोषणा गरिएको छ । रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा भएको हो ।

टोलीमा पूर्व कप्तान सन्दीप लामिछाने फर्किएका छन् । यस्तै क्यानले विनोद भण्डारीलाई पनि समावेश गरेको छ। एसिया क्षेत्र छनोट ३० अक्टोबरदेखि काठमाडौंमा सुरु हुँदैछ ।टोलीमा कप्तान रोहित पौडेल, आशिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुल्शन झा, सोमपाल कामी, करण केसी, अविनाश बोहोरा, प्रतीश जिसी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी रहेका छन् ।

Related posts

गोलकिपर किरण चेमजोङले खेल मैदानमै गरे प्रेमिकालाई विवाहको प्रस्ताव

Balika Shiwakoti

ताप्लेजुङ गोल्डकपको टिकट बिक्रीबाट ११ लाख २१ हजार सङ्कलन

samman khabar

सन्दीप लामिछानेको मुद्दामा थुनछेक बहस हुँदै

samman khabar

Leave a Comment