सम्मान खबर
अन्तरास्ट्रिय समाचार

ज्याक्सनभिल्लामा गोली चल्दा तीन अस्वेत नागरिकको मृत्यु

अमेरिका । अमेरिकाको फ्लोरिडा राज्यको ज्याक्सनभिल्लामा एक रंगभेदी पुरुषले तीन जना अस्वेत नागरिकको गोली हानी हत्या गरी पछि आफूले पनि आत्महत्या गरेका छन् ।

झण्डै २० वर्षीय स्वेत नागरिक शहरको जनरल डलर स्टोरमा प्रवेश गरी गोली चलाएको प्रहरीले जनाएको छ । अचानक गोली चलाएका ती व्यक्तिसँग प्रहरीको केही बेर झडप समेत भएको बताइएको छ ।दुई महिला र एक पुरुषको हत्या गरेका बन्दुकधारीले शरीरमा सुरक्षा कवच लगाएका थिए । साथै घटनास्थलमा रंगभेद सम्बन्धी घोषणापत्र छोडेको प्रहरीको भनाइ छ ।ज्याक्सनभिल्लाकी मेयर डोना डिगनले घटनालाई रंगभेद र घृणाले भरिएको अपराध भएको व्याख्या गर्नुभएको छ । अर्ध स्वचालित राइफल र हाते बन्दुक बोकेका बन्दुकधारीको हालसम्म नाम सार्वजनिक गरिएको छैन ।

Related posts

नेपालबाट ८ करोडको अगरबत्ती निर्यात

Balika Shiwakoti

बलात्कार असफल भएपछि १५ वर्षीया बालिकालाई जिउँदै आगो लगाइयो

Balika Shiwakoti

महिला विद्यार्थीहरूका लागि विश्वविद्यालयहरू पुनः खोल्ने योजना

samman khabar

Leave a Comment