सम्मान खबर
गृह पृष्ठ समाचार सम्मान खबर विशेष

चितवनमा करेन्ट लागेर गैँडाको मृत्यु

काठमाडौँ । चितवनमा करेन्ट लागेर एक गैँडाको मृत्यु भएको छ ।

बिहीबार बिहान ४ बजे खैरहनी नगरपालिका–१२ इचर्नी खोलानजिक रहेको बङ्गुरफार्ममा लगाइएको बिजुलीको तारमा करेन्ट लागेर गैँडाको मृत्यु भएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार अन्दाजी पाँच÷छ वर्षको भाले गैँडा मरेको हो । सो ठाउँमा चितवन राष्ट्रिय निकुञ्जबाट प्राविधिकको टोली पठाइएको र थप अनुसन्धान भइरहेको आचार्यले जानकारी दिए ।

कुमरोज सामुदायिक वनका अध्यक्ष गणेश श्रेष्ठले करेन्ट लागेर गैँडा मरेको जानकारी दिए । बङ्गुर फार्ममा नाङ्गो बिजुलीको तार लगाइएको र त्यसैबाट करेन्ट लागेको श्रेष्ठले बताए । यो आर्थिक वर्षमा यससँगै दुई गैँडाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो तथ्यांक अनुसार छ सय ९४ गैँडा छन् ।

Related posts

कांग्रेसले कात्तिक ११ गते कोजाग्रत पूर्णिमाका दिन चियापान कार्यक्रम गर्ने

samman khabar

म्यादी प्रहरीलाई तालिम दिन सुरु

samman khabar

गभर्नरको राजीनामा माग गर्दै अखिल क्रान्तिकारीले प्रदर्शन गर्ने

Balika Shiwakoti

Leave a Comment