सम्मान खबर
समाचार

गाउँपालिकाकी तत्कालीन उपाध्यक्षसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रोल्पाको गंगादेव गाउँपालिकाकी तत्कालीन उपाध्यक्ष रिता घर्तीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार सोलार पम्पिङ खानेपानी निर्माण योजनाको रकम हिनामिना गरेको अभियोगमा तत्कालीन उपाध्यक्ष घर्तीसहित १३ जनाविरुद्ध बुधवार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको हो । गाउँपालिका वडा नं. २ स्थित घोरानेटी खोलादेखि घोरानेटीसम्म सोलार पम्पिङ खानेपानी निर्माण योजनामा बढी रकम भुक्तानी भएको उजुरीका आधारमा आयोगले अनुसन्धान गरेको थियो ।

अनुसन्धानका क्रममा झुट्टा बिल भरपाई बनाएर भुक्तानी गर्न नमिल्ने ४ लाख ६६ हजार ४८८ रुपैयाँ उपभोक्ता समितिलाई भुक्तानी दिएको पुष्टि भएको आयोगले जनाएको छ ।

Related posts

दलहरू बीच सहमति नजुट्दा दोलखामा मतगणनामा ढिलाई

samman khabar

प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन मङ्सिर ४ गते गर्ने सरकारको निर्णय

Balika Shiwakoti

नक्कली कीर्ते गरी जग्गा बेचेको आरोपमा ५ जना पक्राउ

Balika Shiwakoti

Leave a Comment