सम्मान खबर
समाचार

खोलाले बगाउँदा वडा सदस्यको मृत्यु

काठमाडौँ । नुवाकोटको बेलकोटगढी नगरपालिका–१२ का निर्वाचित महिला वडा सदस्य सुकुमई तामाङको खोलाले बगाएर मङ्गलबार साँझ मृत्यु भएको छ ।​

बेलकोटगढीको वडा नं १० र १२ हुँदै बगेको बेलकोट खोलाले बगाउँदा ५४ वर्षीया तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिए । खेतमा काम गरेर फर्कने क्रममा वडा नं १० स्थित द्धारिका टहरोमा खोला तर्ने क्रममा उनलाई बगाएको हो ।

तामाङको शव करिब एक किलोमिटर तल वडा नं १२ को रैकरे चौतीसमा भेटिएको खड्काले बताए । उनी गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा नेकपा एमाले बाट महिला सदस्यमा निर्वाचित भएका थिइन।

Related posts

अब नेपालको ६ सय ३२ मेगावाट विद्युत् भारतीय बजारमा

samman khabar

क्रिप्टोमार्फत अनलाइन खेल खेलाएको आरोपमा सात जना पक्राउ

samman khabar

बचतकर्ताको १ अर्ब २१ करोड हिनामिना गर्ने सहकारी संचालक प्रहरीको नियन्त्रणमा

samman khabar

Leave a Comment