सम्मान खबर
Breaking समाचार सम्मान खबर विशेष

खोटाङको साकेला गाउँपालिकामा भूकम्प गयो, क्षतिको विवरण आउन बाँकी

काठमाडौं । खोटाङमा भूकम्प गएको छ । आइतबार बिहान ८ : १३ बजे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार खोटाङको साकेला गाउँपालिका ५ मात्तिम बिर्ता आसपासलाई केन्द्रविन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प गएको हो । केन्द्रकी प्रमुख मोनिका झालेले खोटाङको मात्तिम बिर्ता केन्द्रविन्दु भएर ६ म्याग्निट्युडको भूकम्प गएको बताइन् ।

खोटाङ र त्यस आसपासका जिल्लाका साथै काठमाडौं उपत्यकामासम्म भूकम्पको धक्का महसुस भएको छ ।

जिल्ला प्रहरी कार्यालय खोटाङले भने भूकम्पको कडा धक्का महसुस भए पनि क्षतिको विवरण आइनसकेको जनाएको छ ।

भूकम्पको केन्द्रविन्दु रहेको गाउँपालिकाकी उपाध्यक्ष बिर्सिका राईले छोटो तर कडा धक्का आएको भए पनि हालसम्म कुनै पनि क्षति नभएको बताइन् ।

Related posts

राप्ती नदीमा विद्यार्थी चढेको डुंगा पल्टियो

samman khabar

चिकित्सकको सुरक्षाको जिम्मा सरकारले लिन्छः स्वास्थ्यमन्त्री बस्नेत

samman khabar

अर्थमन्त्री जनार्दन शर्माले आफ्नो पदबाट दिए राजीनामा

Balika Shiwakoti

Leave a Comment