सम्मान खबर
अन्तरास्ट्रिय समाचार

खराब चक्रवातका कारण आएको भीषण वर्षा र हावाहुरीमा परी २१ को मृत्यु, कयौं बेपत्ता

ब्राजिल। दक्षिणी ब्राजिलमा चक्रवातका कारण आएको भीषण वर्षा र हावाहुरीमा परी २१ जनाको मृत्यु भएको छ । थप बाढी र आँधी आउन सक्ने भन्दै प्रभावित क्षेत्रका मानिसलाई सचेत गराइएको छ ।

ब्राजिलको रियो ग्रान्डे डो सुल राज्यका गभर्नरले यस पटक आएको चक्रवातलाई अहिलेसम्मकै खराब मौसमी प्रकोपका रुपमा व्याख्या गर्नुभएको छ । प्रभावित क्षेत्रका हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरुले बताएका छन् ।

ब्राजिलको मुकुम शहर चक्रवातका कारण ८५ प्रतिशत डुबेको छ । पाँच हजार जनसंख्या भएको सो शहरका सयौं मानिसलाई घरको घतबाट उद्दार गरिएको स्थानीय संचार माध्यमहरुले जनाएका छन् ।

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले पीडितहरुको सहयोगका लागि संघीय सरकार सदैव तत्पर रहेको बताउनु भयो । ब्राजिलमा झण्डै २४ घन्टा ३ सय मिलिमिटरभन्दा बढी वर्षा भएपछि त्यसले शहरमा बाढी, पहिरो र डुबानको समस्या भएको हो ।

अझै कयौं मानिस बेपत्ता भएकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । उद्दारका लागि हेलिकप्टर परिचालन गरिएको छ । आँधी, बाढी र डुबानले मुकुम शहरको अस्तित्व नै समाप्त नामेट भएको बताइएको छ ।

Related posts

फ्रान्सेली राजदूतलाई ४८ घन्टाभित्र देश छोड्न विद्रोही नेता चियानीको निर्देशन

samman khabar

उत्तरी ग्रिसमा कार्गो जहाज दुर्घटना

Balika Shiwakoti

ज्याक्सनभिल्लामा गोली चल्दा तीन अस्वेत नागरिकको मृत्यु

samman khabar

Leave a Comment