सम्मान खबर
समाचार

क्रिकेटर गुल्सन झालाई ५१ हजार रुपैयाँ नगदसहित सम्मान

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर गुल्सन झालाई सर्लाहीमा ५१ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको छ। 


ईश्वरपुर नगरपालिकाका मेयर मनोजकुमार आचार्यले आफ्नी आमा अप्सरा आचार्यको स्मृतिमा स्थापना गरेको ‘अप्सरा आचार्य फाउण्डेसन’को तर्फबाट झालाई ५१ हजार १५१ रुपैयाँसहित गरिएको हो। 


मंगलबार ईश्वरपुर नगरपालिका- २ भक्तिपुरस्थित सरस्वती माध्यमिक विद्यालय प्राङ्गणमा आयोजित वडास्तरीय फुटबल प्रतियोगिताको समापनको अवसरमा झालाई मेयर आचार्यले नगद र सम्मान–पत्रसहित झालाई सम्मान गरेका हुन्। 
कार्यक्रममा मेयर आचार्य, ईश्वरपुरका पूर्व मेयर मनोजकुमार देवकोटालगायत सहभागी थिए। चक्रघट्टा गाउँपालिका ७ स्थायी घर भई हाल मलंगवा नगरपालिका- ८ मा बसोवास गर्दै आएका झाले नेपाल टी–२० विश्वकपमा छनोट हुँदा उत्कृष्ठ प्रदर्शन गरेका थिए। 


यसअघि झालाई सोमबार पनि नेपाल पत्रकार महासंघ सर्लाहीले पनि सम्मान गरेको थियो। 

Related posts

सरकारको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा कांग्रेस केन्द्रीय सदस्यहरुको जोड

samman khabar

नेपाली कांग्रेसको शुभकामना र चियापान शनिबार

samman khabar

नाउला खोलाले बगाएर रुकुम पश्चिममा दाजु बहिनीको मृत्यु

samman khabar

Leave a Comment