सम्मान खबर
अन्तरास्ट्रिय समाचार गृह पृष्ठ समाचार

क्युवाको तेल डिपोमा चट्याङ परेर भयंकर आगलागी, १ सय २० जना घाइते

काठमाडौँ । क्युवाको एक तेल डिपोमा चट्याङ परेर भयंकर आगलागी हुँदा एक सय जन भन्दा बढी घाइते भएका छन । मातान्जसमा रहेको क्युवाको दोस्रो ठूलो तेल डिपोमा शनिबार चट्याङ पर्दा आगलागी हुँदा एक सय २० जना घाइते भएका हुन । अस्पताल भर्ना गरिएको अधिकांशको अवस्था गम्भीर रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आगलागीमा परी कम्तिमा २१ जना मानिस हराइरहेका छन । आगलागीले ठूलो मानवीय समस्या निम्तिएको सरकारी सञ्चारमाध्यमले जनाएका छन । आगो निभाउन गएका १७ वटा बारुण यन्त्रको अवस्था पनि अज्ञात रहेको छ । तेल डिपोमा चट्याङपछि आगलागी हुँदा दुईवटा सूर्य एकैपटक उदाय झैं महसुस भएको स्थानीयले बताएका छन ।

छिमेकी मुलुक भेनेजुएला, मेस्किको र चिलीले आगो नियन्त्रण तथा घाइतेहरुको उद्धारका लागि सहयोग टोली पठाएका छन । रुसले पनि सहयोग पठाएको अन्र्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन । अमेरिकाले दिएको प्राविधिक सहयोग पनि क्युवाले स्वीकार गरेको छ ।

Related posts

मेलम्चीमा आएको बाढीले मेलम्ची–हेलम्बु सडक अवरुद्ध

samman khabar

हिलरी आँधीले मेक्सिको र अमेरिकामा जनधनको क्षति गर्ने विज्ञको चेतावनी

samman khabar

जनताको त्याग र बलिदानबाट प्राप्त उपलब्धिलाई मन नपराउने प्रवृत्ति कर्मचारी प्रशासनभित्र छ: प्रचण्ड

Balika Shiwakoti

Leave a Comment