सम्मान खबर
समाचार

कोशीका मुख्यमन्त्री थापाले पाए विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापाले सोमबार विश्वासको मत पाएका छन् । मुख्यमन्त्री थापाले प्रदेश सभाको अध्यक्षता गर्ने सांसद इस्राइल मन्सुरी समेतको मतबाट विश्वासको मत पाएका हुन् ।

कोशीका उपसभामुख सिर्जना दनुवारले बैठकको अध्यक्षता गर्ने दिन विरामी भएको सूचना दिएर बैठक सञ्चालनका लागि मन्सुरीलाई अधिकार प्रत्यायोजन गरेकी थिइन् । सोमबारको बैठकमा उपस्थित ७७ जना रहेकोमा थापाको पक्षमा ४७ र विपक्षमा ३० मत परेको थियो । एमालेबाट उपसभामुख बनेकी दनुवारले सत्ता गठबन्धनको तर्फ मत बहुमत पुग्न नदिने नीतिअनुसार बैठक छलेपछि कांग्रेसका मन्सुरीले बैठकको अध्यक्षता गरेका थिए ।

मन्सुरीको मत नपाउने हो भने थापाले विश्वासको मत पाउने थिएनन् । त्यसैले उनले पनि थापालाई विश्वासको मत दिएका थिए । अध्यक्षता गर्ने व्यक्तिले दिएको मतको वैधानिकताबारे अब फेरि प्रश्न विवाद हुने देखिएको छ । यसअघि सभामुखसहितको हस्ताक्षरमा सरकार गठन भएको भन्दै सर्वोच्च अदालतले बदर गरिदिएको थियो ।

Related posts

अपर सोलु हाइड्रोले आईपीओ निष्काशन गर्दै

Balika Shiwakoti

साउनको पहिलो सोमबार पशुपतिमा भक्तजनको भिडभाड

Balika Shiwakoti

रवि लामिछानेले घोषणा गरे राष्ट्रिय स्वतन्त्र पार्टी चुनाव चिन्ह ‘घन्टी’ रहने

Balika Shiwakoti

Leave a Comment