सम्मान खबर
Breaking समाचार सम्मान खबर विशेष

कैलालीको गोदावरीमा एक बालकको शव फेला

काठमाडौँ । कैलालीको गोदावरीमा एक बालकको शव फेला परेको छ। गोदावरी नगरपालिका ३ डमलमा गोदावरी नदी किनारमा अन्दाजी सात वर्षीय बालकको शव फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार शवको अनुहार नचिनिने, शरीरमा कपडा नभएको अवस्थामा फेला परेको हो।

शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा पठाइएको र थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए।

Related posts

दाङका २ युवतीमाथि सामूहिक बलात्कार, ४ जना लुटिए

Balika Shiwakoti

साउन १५ अनि खीरको महत्व

Balika Shiwakoti

भूकम्पबाट रुकुम पश्चिममा मृत्यु हुनेको सङ्ख्या ५३ पुग्यो

samman khabar

Leave a Comment