सम्मान खबर
गृह पृष्ठ समाचार स्वास्थ्य

कात्तिक २ र ३ गते बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाइने

काठमाडौँ । सरकारले पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाउने तयारी गरेको छ । स्वास्थ्य सेवा विभाग अन्तर्रगत परिवार कल्याण महाशाखाले आगामी कात्तिक २ र ३ गते भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाइने जनाएको छ ।

भिटामिन ए कार्यक्रममार्फत ६ देखि ५९ महिनाका बाललिकाहरुलाई भिटामिन ए क्याप्सुल खुवाइनेछ । यस्तै, १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने विभागले जनाएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय, ७७ जिल्ला तथा ७५३ पालिकालाई जानकारी कार्यक्रम सञ्चालनका लागि जानकारी गराएको परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेक कुमार लालले बताए ।

Related posts

कागबेनीमा भेटियो बाढीले पुरिएको डेढ करोड रुपैयाँ 

samman khabar

सरकारको निर्णय स्वागतयोग्य: युवा नेता प्रसाईँ

samman khabar

‘निरमाया ठूली’ मा सपुत, शिल्पा र करिश्माको प्रेमकथा

samman khabar

Leave a Comment