सम्मान खबर
गृह पृष्ठ समाचार सम्मान खबर विशेष स्थानीय समाचार

काठमाडौं–५ मा राप्रपाको सम्पर्क कार्यालय तोडफोड

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० को काठमाडौं क्षेत्र नं. ५ स्थित निर्वाचन सम्पर्क कार्यालयमा तोडफोड भएको छ ।

गएराति एउटा समूहले कार्यालयमा तोडफोड गरेर झण्डा च्यात्ने र प्रचार सामग्री फ्याक्ने काम गरेको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले बताए ।

उनका अनुसार उनीहरुले कार्यालयमा नेकपा एमालेको झण्डा गाडेका छन् । ‘तर, त्यहाँ देखिएका मान्छेहरु एमाले समर्थक हुन् जस्तो देखिएको छैन’, श्रेष्ठले भने, ‘पहिले राप्रपामै रहेर पार्टी छाडेका मान्छेहरु देखिएका छन् ।’

यसबारे अनुसन्धान गरिदिन भन्दै राप्रपाले प्रहरीमा उजुरी पनि दिएको छ । प्रवक्ता श्रेष्ठले निर्वाचनलाई स्वच्छ, विश्वसनीय र भयरहित बनाइदिन सरकारसँग पनि माग गरेका छन् ।

काठमाडौं ५ मा राप्रपाबाट ंरामप्रसाद उप्रेती उम्मेदवार छन् । यो क्षेत्रमा नेकपा एमालेबाट ईश्वर पोखरेल र नेपाली कांग्रेसबाट प्रदीप पौडेल उम्मेदवार छन् ।

Related posts

फिर्केखोलाका अतिक्रमित संरचना हटाउन पोखरा महानगरले दियो ३५ दिने अल्टिमेटम

samman khabar

निर्माण व्यवसायीको वक्यौता दसैँअघि नै भुक्तानी हुन्छः अर्थमन्त्री महत

samman khabar

युवतीमाथि यौन दुर्व्यवहार गर्ने दुई जनालाई कैद र जरिवाना

Balika Shiwakoti

Leave a Comment