सम्मान खबर
खेलकुद

कबिर र अभयको जोडी क्षेत्रीय जुनियर च्याम्पियनसीप यु–१७ को फाइनलमा प्रवेश

काठमाडौँ । राजधानीमा जारी ब्याडमिन्टन एसिया (दक्षिण एसिया) क्षेत्रीय जुनियर च्याम्पियनसीप २०२३ अन्तर्गत यु–१७ मा कबिर केसी र अभय महराको जोडी फाइनलमा पुगेको छ ।

हल्चोकस्थित सशस्त्र प्रहरी बलको ब्याडमिन्टन कोर्टमा भएको खेलमा कबिर अभयको जोडी मालदिभ्सका अजहर मोहम्मद अयुव र युसुफ मुनाधी माथलुबलाई २१–९, २१–७ को सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । त्यस्तै यु–१५ तर्फ सौर्य महर्जन र सुविन श्रेष्ठको जोडी श्रीलङ्काका केनेथ अरुगोडा र सेनुथ सेथमिथा पेरेरासँग पराजित भएको छ । महर्जन र श्रेष्ठको जोडी श्रीलङ्काली जोडीसँग १३–२१, ११–२१ ले पराजित भएको हो ।ब्याडमिन्टन एसियाको आयोजना तथा नेपाल ब्याडमिन्टन सङ्घको सहआयोजनामा भएको उक्त प्रतियोगितामा दिलासा राना र रिहाना शेरचनको जोडी फाइनलमा प्रवेश गरेको छ । राना र शेरचनको जोडी यु–१५ मा बङ्गलादेशका अफिफा खान अरिन र तान्जिला महमुदको जोडीलाई २१–१५, १६–२१, २१–९ ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।त्यस्तै यु–१५ तर्फ नै टिसा रानी शाक्य र समृद्धि श्रेष्ठको जोडी श्रीलङ्काका सिथुली रनसिंघे र नेथ्मी रत्नायकेसँग ८–२१, ७–२१ ले पराजित भयो । यस्तै पुरुषतर्फ सुदेश राजकोटी र शिषिर रानाको जोडी बङ्गलादेशका मोस्तकी होसैन र वाली उल्लाहको जोडीसंग ९–२१, १२–२१ ले पराजित भयो ।महिला यु–१५ एकलतर्फ टिशा रानी शाक्य श्रीलङ्काकी नेथ्मी रत्नायकेसँग ४–२१, १४–२१ ले पराजित भइन् । यसैगरी दिलाशा राना श्रीलङ्काकी सुथुली रनसिंघेसँग १५–२१, १५–२१ को समान अन्तरमा पराजित भइन् । पुरुषतर्फ सुविन श्रेष्ठ बङ्गलादेशका वाली उल्लाहसँग १५–२१, २१–१४, १८–२१ ले पराजित भए ।यु–१७ महिलातर्फ राजी राई श्रीलङ्काकी रनुमी मनागेसँग १६–२१, २१–१८, १५–२१ ले पराजित भइन् । पुरुषतर्फ कविर केसी श्रीलङ्काका थिदासा वेरागोडासँग १२–२१, १९–२१ ले पराजित भए ।

Related posts

आईसीसी महिला टी-२० मा नेपालको संघर्षपूर्ण जित

samman khabar

गण्डकी प्रादेशिक क्रिकेट सङ्घको अध्यक्षमा सिग्देल सर्वसम्मत चयन

samman khabar

स्व. निसिमलाई मानार्थ गोल्ड मेडल, गलामा नभई प्याराग्लाइडिङ खेलाडीलाई  हातमा पदक

samman khabar

Leave a Comment