सम्मान खबर
अर्थवाणिज्य गृह पृष्ठ समाचार

कच्चा तेलको मूल्य ८ महिनायताकै न्यून

काठमाडौं । अमेरिकी डलर दिनप्रतिदिन बलियो बन्दै जाँदा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उच्च गिरावट आएको छ । आइतबार नेपालले खरिद गर्ने ब्रेन्ट कच्चा तेलको मूल्य प्रतिब्यारल ८६.७९ डलर तोकिएको छ । जुन १० माघ २०७८ (२४ जनावरी) यताकै कम हो ।

११ दिनको बीचमा कच्चा तेलको मूल्य प्रतिब्यारल ८ डलरले ओरोलो लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । शुक्रबारयता मात्रै तेलको मूल्य प्रतिब्यारल थप ४ डलरले सस्तो भएको ‘द इकोनोमिक्स टाइम्स’ले जनाएको छ ।

बिहीबार रातिदेखि डब्लुटीआई, ब्रेन्ट, मुरबान र प्राकृतिक ग्यास जस्ता इन्धनको मूल्य प्रतिब्यारल कम्तिमा साढे ४ डलरले सस्तो भएको ट्रेन्डिङ इकोनोमीले जनाएको छ ।

तेल उत्पादक देशहरुको संगठन ओपेक र बाहिरका मुलुकहरु कच्चा तेलको उत्पादन बढाउन औपचारिक रुपमा सहमत भएपछि तेलको मूल्य ओरोलो लागेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले दाबी छ ।

तेलको मूल्यमा प्रभाव पर्नुको अर्को कारण अमेरिकासहितका विश्वका प्रभावशाली देशका फेडरल बैंकहरुले ब्याजदर बढाउनु पनि भएको बताइएको छ । ब्याजदरका कारण डलरको मूल्य थप प्रभावशाली बन्दा तेलको मूल्यमा प्रभाव परेको जनाइएको छ ।

Related posts

सहुलियत पसलमा तेल र दालको मूल्य घटायो

samman khabar

एकीकरण अभियानपछि नेपालमा जनस्तरबाट गरिएको सबैभन्दा ठूलो त्याग र विद्रोह जनयुद्ध नै होः प्रधानमन्त्री

samman khabar

कोशी सरकार र पहिचान पक्षधरबीच पाँच बुँदे सहमति

samman khabar

Leave a Comment