सम्मान खबर
अर्थवाणिज्य गृह पृष्ठ देश

एमाले कार्यकर्ताले खोसे सरकारी गाडीको चाबी

काडमाडौँ । नेकपा एमालेका कार्यकर्ताहरुले मूल्य वृद्धिको विरोधमा कैलालीको धनगढीमा सरकारी गाडीहरु सञ्चालनमा अवरोध गरेका छन् ।

नेकपा एमाले सम्बद्ध अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपालले आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सरकारी सवारी साधन सञ्चालनमा अवरोध गरेका हुन् ।

युवाहरूले आन्दोलनका कार्यक्रम अन्तरगत सरकारी सवारीसाधन चलाएर कार्यालय जाने कर्मचारीहरूलाई ठाउँ–ठाउँमा रोकेर चावी खोसिदिएका छन् ।

धनगढीको एलएन चोकमा धनगढी उपमहानगरपालिका, प्रदेशसभा सचिवालय, पूर्वाधार विकास मन्त्रालयका गाडि र २५ वटा सरकारी मोटरसाइकल नियन्त्रणमा लिइएको राष्ट्रिय युवा संघ धनगढी नगर किमिटी संयोजक अविशेक नाथले बताए ।

नियन्त्रणमा लिइएका सवारीसाधन पाँच बजेपछि मात्र छाडिने उनले बताए ।

Related posts

गायिका जेरुसा राई ४ दिनदेखि बेपत्ता, घरमा एक पेजको ‘सुसाइड नोट’

samman khabar

भृकुटीमण्डपको एक गोदाममा आगलागी

Balika Shiwakoti

उदयपुरको सप्तकोशी प्रभावित क्षेत्रमा उद्धार कार्य जारी, पानीको सतह कम भएपनि खतरा टरेन

Balika Shiwakoti

Leave a Comment