सम्मान खबर
शिक्षा

एक वर्षे बीएड हटाएको त्रिविले विकल्पमा ल्यायो नयाँ कोर्ष

काठमाडौँ। त्रिभुवन विश्वविद्यालयले एक वर्षे बीएडको विकल्पमा नयाँ कोर्षका लागि विद्यार्थी भर्ना आह्वान गरेको छ ।

त्रिवि शिक्षाशास्त्र संकाय डीनको कार्यालयले एक वर्षे बीएडको विकल्पमा सेमेप्टर प्रणालीमा आधारित ३ सेमेस्टरको अधिस्नातक तह पीजीडी एजुकेशन ९पीजीडी।ईडु० कार्यक्रमको लागि भर्ना आह्वान गरेको हो ।

शिक्षा संकाय बाहेकबाट स्नातक गरेका शिक्षक बन्न चाहनेले उक्त कार्यक्रममा भर्ना हुन सक्ने त्रिविले जनाएको छ । उक्त कार्यक्रम त्रिवि केन्द्रीय क्याम्पससहित देशभरका १३ वटा क्याम्पसबाट पढाई हुनेछ ।

प्रथम सेमिस्टरमा भर्नाका लागि पुस ६ गतेदेखि माघ ११ गतेसम्म आवेदन बुझाउन सकिनेछ । जुनसुकै विषयमा स्नातक तह उत्तीर्ण विद्यार्थीहरूले तोकिएको विषयमा भर्नाका लागि आवेदन दिन सकिनेछ । उक्त कार्यक्रमका लागि माघ १४ गते प्रवेश परीक्षा हुनेछ भने माघ २१ गतेबाट कक्षा सञ्चालन हुनेगरी सूचना निकालेको छ ।

तीन सेमिस्टरमा पढाई हुने उक्त शैक्षिक कार्यक्रममा साइन्स एजेकेशन, म्याथमेटिक्स एजुकेशन, अंग्रेजी एजुकेशन, नेपाली एजुकेशन, इकनोमिक्स एजुकेशन लगायतका १४ विषय रहेका छन् ।

Related posts

मदन पुरस्कारका लागि उत्कृष्ट आठ पुस्तक सार्वजनिक

Balika Shiwakoti

कक्षा १२ को नतिजा सार्वजनिक

samman khabar

भान्सामा यसरी प्रयोग गरुम आलु, जसले स्वस्थ्यलाई फाइदा गर्छ

Balika Shiwakoti

Leave a Comment