सम्मान खबर
समाचार

इरानद्वारा आफ्नो बाहक रकेट पहिलो पटक तीन उपग्रह अन्तरिक्षमा प्रक्षेपण

इरानले आइतबार तीनवटा उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको जनाएको छ । इरानले रक्षा मन्त्रालय र सशस्त्र बलद्वारा विकसित आफ्नो बाहक रकेट प्रयोग गरेर पहिलो पटक सफलतापूर्वक तीन उपग्रह प्रक्षेपण गरेको हो ।

पश्चिमा मुलुकले भने तेहरानको ब्यालिस्टिक मिसाइल कार्यक्रमलाई बढावा दिने भन्दै आशंका व्यक्त गरेका छन् । उपग्रहहरूलाई आइतबार न्यूनतम ४५० किलोमिटर (२८० माइल) को कक्षामा पठाइएको थियो। ३२ किलोग्राम (७१ पाउण्ड) तौलको एउटा उपग्रह र १० किलोभन्दा कम तौलका दुईवटा नानो–उपग्रहहरू सिमोर्ग (फिनिक्स) स्याटेलाइट क्यारियर रकेट प्रयोग गरेर प्रक्षेपण गरिएको थियो ।

अमेरिकाले यसअघि इरानको स्याटेलाइट प्रक्षेपणले आणविक हतियार पुर्याउन सक्ने ब्यालेस्टिक मिसाइलसँग सम्बन्धित कुनै पनि गतिविधि नगर्न आह्वान गर्दै राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्तावको उल्लङ्घन गरेको बताएको थियो ।

Related posts

संसद सुरु हुनेबित्तिकै धेरैभन्दा धेरै विधेयकहरू दर्ता गर्नेगरी तयारी गरौँः प्रधानमन्त्री

samman khabar

उदयपुरको सप्तकोशी प्रभावित क्षेत्रमा उद्धार कार्य जारी, पानीको सतह कम भएपनि खतरा टरेन

Balika Shiwakoti

दोलखा सुन तस्करी प्रकरण : काठमाडौँबाट थप एक जना चिनियाँ पक्राउ

samman khabar

Leave a Comment