सम्मान खबर
अन्तरास्ट्रिय समाचार

इजरेलसँगको सम्पर्कपछि लिबियामा विरोध प्रदर्शन शुरु

इजरायलसँगको सम्पर्कलाई लिएर लिबियामा विरोध प्रदर्शन शुरु भएको छ । इटालीको रोममा दुवै देशका विदेशमन्त्रीबीच हालै भएको भेटवार्तालाई लिएर विरोध प्रदर्शन भएको हो ।

लिबियाका प्रधानमन्त्रीले आफ्ना विदेशमन्त्री नाज्ला अल माङ्गुशलाई इजरायली समकक्षीसँग भेट गरेपछि निलम्बन गर्नुभएको हो । प्यालेस्टिनको समर्थक लिबियाले इजरायललाई मान्यता दिएको छैन । लिबिया र इजरायलका विदेशमन्त्रीको भेटलाई लिएर बहुसङ्ख्यक अरब देशमा पनि प्रदर्शन भएका छन् ।इजरायली विदेशमन्त्री एली कोहेनले निलम्बनमा परेका लिबियाका विदेशमन्त्रीसँगको बैठकलाई ऐतिहासिक भन्दै त्यसलाई त्रिपोलीसँग सम्बन्ध स्थापना गर्ने पहिलो कदम भएको बताउनुभएको छ ।लिबियाको संसद्का सभामुखको कार्यालयले अल माङ्गुशलाई ‘राज्यद्रोह’ को आरोप लगाएको छ भने प्रधानमन्त्री अब्दुल हमिद डिबेबाले थप अनुसन्धान गर्न सिफारिस गर्नुभएको बीबीसीले जनाएको छ । लिबिया लामो समयदेखि अशान्त छ ।

Related posts

क्यानडामा चक्कु प्रहार गरी १० जनाको हत्या, १५ जना घाइते

Balika Shiwakoti

विमान दुर्घटना : वाग्नर समूहका प्रमुख प्रिगोजिनसहित दश जनाको मृत्यु

samman khabar

हिलरी आँधीले मेक्सिको र अमेरिकामा जनधनको क्षति गर्ने विज्ञको चेतावनी

samman khabar

Leave a Comment