सम्मान खबर
खेलकुद

आईसीसी महिला टी–२० विश्वकपमा नेपालको लगातार चौथो जित

काठमाडौं । मलेसियामा जारी आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्रको छनोटमा नेपालले लगातार चौथो जित निकालेको छ । सोमबार बिहान भएको खेलमा नेपालले कतारलाई ९ विकेटले पराजित गरेको हो । नेपालले पाएको ७५ रनको लक्ष्य १० ओभर ३ बलमा नै पुरा गर्यो । नेपालमा जितमा काजोल श्रेष्ठले ३२ रन बनाइन् । यस्तै सीता राना मगरले १७ र इन्दु बर्माले नट आउट २० रन जोडिन् ।

इन्दुले १२ बलमा २० रन बनाएकी हुन् । सीताले २३ मा १७ रन र कविताले २८ बल खेल्दै ३२ रन बनाएकी हुन् । यो जितसँगै नेपाल एक खेल अगावै सेमिफाइनलमा पुगेको छ । समूह ए मा लगातार चौथो जित हात पारेको नेपालको ४ खेलबाट ८ अंक छ । नेपालले अब समूहको अन्तिम खेलमा बुधबार यूएईसँग खेल्नेछ । उक्त खेल समूह विजेता बन्नका लागि निर्णायक बन्नेछ ।यूएईले अहिले बहराइनसँग खेलिरहेको छ । सन् २०२४ मा हुने महिला विश्वकपका लागि एसिया क्षेत्रको छनोटमा ११ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् ।

Related posts

त्रिकोणात्मक सिरिजको उपाधि यूएईलाई,नेपाल चार विकेटले पराजित

samman khabar

एशिया यु–२० रग्बी सेभेन्सको तयारी पूरा,नेपालको दुवै टोली फाइनलसम्म पुग्ने आशा

samman khabar

प्रधानमन्त्री दाहालद्वारा नेपाली क्रिकेट टीमलाई जितका लागि शुभकामना

samman khabar

Leave a Comment