सम्मान खबर
खेलकुद

आईसीसी महिला टी-२० मा नेपालको संघर्षपूर्ण जित

काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले संघर्षपूर्ण जित निकालेको छ । आइतबार बिहान भएको खेलमा भुटानलाई ३ विकेटले हराउँदै नेपालले छनोटमा लगातार तेस्रो जित निकालेको हो ।

जितको लागि ४० रनको विजयी लक्ष्य पछ्याएको नेपालले खराब ब्याटिङ गर्दा १३.२ ओभरमा ७ विकेटको क्षतिमा ४१ रन बनाउँदै लक्ष्य भेट्टाएको हो । नेपाललाई जित दिलाउन रुविना क्षेत्रीले १२, कविता जोशीले ९ र सीता राना मगरले ८ रन बनाइन् । नेपालका चार ब्याट्सम्यान खाता नखोली आउट भएका थिए ।

भुटानको लागि अन्जुली घलेले तीन विकेट लिंदा छिरिङ जान्ह्मोले दुई तथा अन्जु गुरुङ र सोनामले समान एक-एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भुटानले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा ३९ रन बनाएको थियो । भुटानको लागि देचेन वान्ग्मोले २१ रन बनाउँदा अन्य ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् ।

नेपालको लागि पुजा महतोले ३ ओभरमा एक मेडन राख्दै ६ रन दिएर ३ विकेट लिंदा कविता कुँवर, रुविन क्षेत्री र खुशी डंगोलले समान एक-एक विकेट लिए ।

नेपाल लगातार तेस्रो जीतसँगै शीर्ष स्थानमा रहेको छ । नेपालले पहिलो खेलमा मलेसियालाई ५ रन र दोस्रो खेलमा बहराइनलाई १० विकेटले हराएको थियो । नेपालले अब मंगलबार कतार र बुधबार युएईसँग खेल्नेछ । दुई मध्य एक खेलमा जित निकाल्न सके नेपाल सेमिफाइनल पुग्नेछ ।

Related posts

मेस्सीको गोलमा इन्टर मियामी विजयी

samman khabar

लाओसलाई हराउँदै नेपाल फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणमा,

samman khabar

म्यानमारसँग हुने दुई मैत्रीपूर्ण फुटबलका लागि २३ सदस्यीय नेपाली टोलीको घोषणा

samman khabar

Leave a Comment