सम्मान खबर
समाचार

आइतबारदेखि कोशी प्रदेशमा बजेट शुन्यताको स्थिति आउने निश्चित

मोरङ। सर्वोच्च अदालतले कोशी सरकारलाई दीर्घकालीन महत्वको काम नगर्न आदेश दिएपछि बजेट शून्यतामा जाने निश्चित भएको छ ।

सर्वोच्चको आदेशले मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकारले दीर्घकालीन प्रभाव पार्ने निर्णय गर्न नपाउने भएपछि कोशी प्रदेश बजेट शून्यतामा जाने देखिएको हो ।तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारले चालु आर्थिक वर्षका लागि अध्यादेशमार्फत ल्याएको बजेटको प्रतिस्थापन विधेयक नल्याउँदै थापा नेतृत्वको सरकारलाई सर्बोच्चले दीर्घकालीन प्रभाव पार्ने काममा रोक लगाएको हो ।सरकारले भदौ १० अर्थात् पर्सि आइतबार भित्र विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरणसमेत गराइसक्नुपर्ने थियो । बजेटविहीन बनेपछि कोशी सरकार भदौ ११ बाट राजस्व संकलन र खर्च गर्न नसक्ने अवस्थामा पुग्ने छ ।मुख्यमन्त्री थापाले लिएको विश्वासको मतको वैधानिकतामा प्रश्न उठाउँदै परेको रिटको सुनुवाइ गर्दै सर्वोच्च अदालतले दीर्घकालीन असर पर्ने र नीतिगत प्रकृतिका काम नगर्न आदेश दिएको छ ।गत ३२ जेठमा तत्कालिन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ल्याएको बजेट अध्यादेश १४ असारमा प्रदेशसभामा पेश भएको थियो । प्रदेशसभामा पेश भएको ६० दिनभित्र प्रतिस्थापन विधेयक नल्याए अध्यादेश निष्क्रिय हुने संवैधानिक व्यवस्था छ ।चालु हिउँदे अधिवेशन अन्त्य गरेर अर्को अध्यादेश ल्याउने तयारी प्रदेश सरकारको थियो । यसका लागि बुधबार रातिबाट चालु हिउँदे अधिवेशनको समेत अन्त्य गरिएको थियो ।यसैबीच मुख्यमन्त्री थापाले पनि कोशी प्रदेशमा बजेट शुन्यताको स्थिति आउने निश्चित भएकाले यसका लागि राजनैतिक दलहरुबीच सहमति गर्नुपर्ने बताउनुभएको छ ।आफुहरुले भदौ ९ गते अध्यादेशबाट बजेट ल्याउने तयारी गरेको भएपनि अदालतको अन्तरिम आदेशले रोक्न बाध्य भएको उहाँको भनाइ छ ।

Related posts

“उद्धार खवर अन्तर्राष्ट्रिय म्युजिक अवार्ड-२०२३” का लागि आवेदन खुला

samman khabar

कांग्रेस महासमिति बैठकको फेरि मिति परिवर्तन, अब पुस १६ देखि हुने

samman khabar

विद्यालय शिक्षा विधेयक सहमतिका आधारमा पारित गर्नुपर्छः सांसद लेखक

samman khabar

Leave a Comment