सम्मान खबर
गृह पृष्ठ समाचार सम्मान खबर विशेष

अवैध मुद्रासहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको डिभिजन वन कार्यालयका तत्कालीन वन अधिकृत भरतबहादुर बुढथापासहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरुले आर्थिक वर्ष २०७६–७७ मा कर्णाली प्रदेश सरकारमार्फत विनियोजित रकमबाट सञ्चालित टुजेमीदेखि बाबुकाँधसम्म पर्यटन सडक निर्माण गर्दा ६ लाख ३२ हजार ६७७ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै आज अख्तियारले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

अख्तियारले मुद्दा दायर गरेका अन्यमा मुगुको डिभिजन वन कार्यालयका तत्कालीन सव–इन्जिनियर गोरसिंह बडुवाल, असिस्टेन्ट सब–इन्जिनियर हिमाल कुमार मल्ल, उपभोक्ता समितिका अध्यक्ष मानबहादुर शाही, सचिव धर्मेन्द्र शाही र कोषाध्यक्ष कुशुमदेवी शाही रहेका छन् । दायर गरिएको मुद्दामा उनीहरुसँग जनही ६ लाख ३२ हजार ६७७ रुपैयाँ बिगो दाबी गरिएको छ ।

Related posts

कुशे ‌औँसी, बुबाको मुख हेर्ने दिन र पितृसम्मान दिवस मनाइँदै,गोकर्णेश्वर मन्दिर परिसरमा भक्तजनको भिड

samman khabar

नयाँ दल निर्माण गर्ने घोषणा गर्दे रवि लामिछाने

Balika Shiwakoti

सल्लाघारीमा गुडीरहेको बस र स्कुटरलाइ रुखले किच्दा ३ जनाको मृत्यु

Balika Shiwakoti

Leave a Comment