सम्मान खबर
समाचार

अर्थतन्त्र सुधार्न कांग्रेसले सरकारको नेतृत्व लिनुपर्छ : शेखर कोइराला

पाँचथर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले देशको अर्थतन्त्र सुधार्न नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस, जिल्ला कार्यसमिति पाँचथरको प्रथम जिल्ला सम्मेलनमा सहभागी हुन फिदिम पुगेका कोइरालाले पत्रकारहरुसँग कुरा गर्दै मुलुकलाई सही दिशा दिन सरकारको नेतृत्व कांग्रेसले गर्नुपर्ने बताएका हुन् ।

उनले देशमा सुशासन कायम नहुँदा अराजकता बढेको बताए । जनतामा व्याप्त निराशाको अन्त्यका लागि आफ्नो पार्टीले सरकारको नेतृत्व लिनुपर्नेमा उनको जोड थियो । देशलाई निकास दिन प्रधानमन्त्री फेर्ने प्रयास भइरहेको कोइरालाको भनाइ छ । उनले ठूला भ्रष्टाचारका काण्डमा शीर्ष नेताहरूकै हात रहेको बताए ।कोइरालाले भ्रष्टाचारको काण्डमा नेताहरूको नाम मुछिएपछि ढाकछोप गरिएको बताए । उनले भने, ‘सुन काण्डमा ठूला नेता मुछिएपछि सामसुम भयो, एनसेल खरिद बिक्री काण्डमा पनि त्यस्तै भएको छ ।’

Related posts

मेलम्चीमा शल्यक्रियासहित सुरक्षित प्रसुति सेवा सुरु

Balika Shiwakoti

उदयपुरको सप्तकोशी प्रभावित क्षेत्रमा उद्धार कार्य जारी, पानीको सतह कम भएपनि खतरा टरेन

Balika Shiwakoti

जुम्लामा करिब ५० करोडको स्याउ उत्पादन

samman khabar

Leave a Comment