सम्मान खबर
अन्तरास्ट्रिय समाचार

अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पद्वारा फुल्टन कारागारमा आत्मसमर्पण, २ लाख डलरको जमानतमा रिहा

 अमेरिका । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प जमानतमा रिहा भएका छन् । जर्जिया राज्यको फुल्टन काउन्टी जेल चलान भएका उनी केहीबेरमै २ लाख डलरको जमानतमा रिहा भएका बीबीसीले जनाएको छ ।

फुल्टन काउन्टी जेलमा आत्मसमर्पण गरेपछि उनलाई औपचारिक रुपमा गिरफ्तार गरिएको थियो । त्यहाँ उनको औँठाछाप लिइएको र मगशट अनुहारको तस्बिर भनिने प्रहरी रेकर्डमा राखिने फोटो खिचिएको थियो । लगत्तै त्यो फोटो सार्वजनिक गरियो थियो । फोटो खिचिसकेपछि उनी २ लाख डलरको जमानतमा रिहा भएका खबरमा उल्लेख छ ।अमेरिकामा यस्तो मगशट जारी हुनेमा ट्रम्प पहिलो पूर्व राष्ट्रपति बनेका छन् । सन् २०२० को राष्ट्रपतीय चुनावमा धोखाधडी भएको आरोप लगाउँदै उनले गरेका काम र दिएका अभिव्यक्तिहरूलाई लिएर उनीमाथि झुटो बोलेको तथा मिलीभगत अपराध गरेका १३ अभियोग लागेका छन् । तर, उनले ती सबै अभियोग राजनीतिक पूर्वाग्रह प्रेरित भएको भन्दै अस्वीकार गर्दै आएका छन् ।फुल्टन काउन्टी जेलमा उनलाई सन् २०२० मा जर्जिया राज्यमा भएको उनको चुनावी पराजय उल्ट्याउन खोजेको अभियोगमा ट्रम्पको नाम आधिकारिक रूपमा दर्ता गरिएको छ । ट्रम्पले सामना गरिरहेको यो चौथो फौजदारी मुद्दा हो । उनले आफूमाथि लागेका सम्पूर्ण आरोपहरू राजनीतिक रूपमा प्रेरित भएको दाबी गरेका छन् ।ट्रम्पले आत्मसर्पण गर्न पुगेका बेला जेल बाहिर उनका समर्थकहरुको भिड लागेको थियो । ट्रम्पले आत्मसमर्पण गर्नु अघि उनका पूर्व वकिल रुडी जुलियानी तथा अन्य प्रतिवादीहरूले पनि फुल्टन जेलमा आत्मसमर्पण गरेका थिए ।

Related posts

इजरेलसँगको सम्पर्कपछि लिबियामा विरोध प्रदर्शन शुरु

samman khabar

बलात्कार असफल भएपछि १५ वर्षीया बालिकालाई जिउँदै आगो लगाइयो

Balika Shiwakoti

चोरीको आरोपमा पत्रकार, एसबीआई बैंकबाट १० लाख ३५ हजार चोरेको खुलास

Balika Shiwakoti

Leave a Comment